BCA, BBS र B.Ed को रजिष्ट्रेशन फाराम भर्ने अत्यन्तै जरुरी सूचना
यस कलेजमा BCA, BBS र B.Ed 1st Year मा अध्ययन गरिरहेका विद्यार्थीहरूले लेखा शाखामा सम्पर्क गरी मिति 2083/09/02 गते भित्र तपसिलका नियमहरूको पालना गरी रजिष्ट्रेशन फाराम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
तपशिल
१. हालसालै खिचेको दुईवटा PP Size फोटो रजिष्ट्रेशन फारामसँग राखी बुझाउनुपर्नेछ।
२. रजिष्ट्रेशन फाराममा संलग्न गर्नुपर्ने कागजातहरू:
- SEE वा सो सरहको मार्कसिट, Character र Provisional को प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
- +2 NEB बोर्ड वा सो सरहको Transcript, Character, र Provisional को प्रतिलिपि सहित Original Migration अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
- विदेशी बोर्डको हकमा Equivalent Letter को प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
३. रजिष्ट्रेशन फाराम परीक्षार्थी स्वयंले भर्नुपर्नेछ।
४. TU ले तोकिएको नियमहरूको पालना गरी रजिष्ट्रेशन फाराम भर्नुपर्नेछ।